२२ कार्तिक २०८३, आइतबार

७ नम्बर प्रदेशलाई लोडसेडिंगमुक्त बनाउँछुः वाम उम्मेदवार राना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १५ मंसिर । कैलाली क्षेत्र नं ५ मा प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेपाली का“ग्रेसकी नेत्री डा आरजु देउवाले लोकतन्त्रलाई बलियो बनाउने अभियानसहित नेपाली काँग्रेस निर्वाचनमा आएको बताउनुभएको छ ।

धनगढी जेसिसले आज आयोजना गरेको ककस कार्यक्रममा डा देउवाले नेपालको संविधान कार्यान्वयन गराउनु का“ग्रेसको पहिलो प्राथमिकता रहेको स्पष्ट गर्नुभयो । उहाँले कम्युनिष्टले जीतेमा लोकतन्त्र नरहने विचार पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि रानाले सुदूरपश्चिम सधैँ विकासमा पछाडि पारिएकाले यसलाई समृद्ध पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले ७ नं प्रदेशलाई विद्युत्भार कटौतीमुक्त बनाइने तथा सुकुम्बासी र भूमिहीनलाई गाँस, बास, कपासको व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनगढी विमानस्थलको स्तरोन्नति, गेटा मेडिकल कलेज लगायतका विकासका ठूला सम्भावनालाई पहिलो प्राथमिकतामा राखेको नेता राणाले बताउनुभयो ।

विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार दिनेशराज भण्डारीले प्रदेश नं ७ कोे प्रमुख समस्या बेरोजगारी भएकाले यहाँका युवा शक्तिको प्रयोग गर्न सक्नुपर्ने र बाँझो रहेका जमिनको उपयोग गर्नुपर्ने बताउनुभयो । विसं २०४६ अघि नेपालमा तीन दर्जनभन्दा बढी उद्योग रहे पनि ती उद्योग बन्द हँुदा बेरोजगारी बढेको र राजनीतिक भागबण्डाका आधारमा सरकारी उद्योगमा कर्मचारी नियुक्ति गर्दा समस्या भएको विचार उहाँले व्यक्त गर्नुभयो । रासस