२२ कार्तिक २०८३, आइतबार

उखुको मूल्य निर्धारणमा सहमति हुन सकेन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ मंसिर । उखु उत्पादक किसान र चिनी उत्पादक कम्पनीहरुबीच यहि क्रसिङ सिजनका लागि उखुको मूल्य निर्धारणका लागी बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

किसानहरुले दिनप्रति दिन बढ्दो उत्पादन लागतअनुसार मुल्य बृदि गर्नु पर्ने माग गरेका छन् । गत वर्षको मुल्यभन्दा यस वर्ष बढि हुनु पर्ने कुरा मिलगेट उखु उत्पादक संघका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताए । विगतको तुलनामा किसानको खेतीमा लागत बढ्दै जानु र उद्योगीले चिनीको मुल्यमा बृद्धि गर्दै लगेकोले उखुमा पनि मुल्य बृद्धि हुनु पर्ने उनले बताए । उद्योगपतिहरुले किसानको लागतलाई उचित सम्बोधन गर्दै किसानहरुलाई यस खेतीमा आकर्षित गर्नु पर्ने बुढाथोकीको भनाइ छ । किसानको लागत मुल्य खेतको जोताइ, रासायनिक मल, कटानी, ढुवानीलगायतका सम्पूर्ण खर्च दोब्बर भईसकेको अवस्थामा उद्योगपतिहरुले उचित मुल्य दिन आनाकानी गर्न नहुने बुढाथोकीले बताए ।

विगतका तुलनमा उत्पादन लागतमा बृद्धि हुदै जानु नै उखुको मुल्य बढाउनु पर्ने एक मुख्य कारण भएको किसानहरुले बताएका छन् । कात्तिक महिनादेखि फागुन महिनासम्म सम्पूर्ण उखू क्रसिङ गरी सक्नु पर्छ भन्ने प्रस्ताव पनि राखिएको बुढाथोकीले बताए । फागुन महिनापछि उखु क्रसिङ गर्दा उखुको रस सुकेर तौल कम हुँदै जाने, गर्मीले गर्दा कामदार नपाउने, आगलागी हुने सम्भावना बढ्नुलगायतका कारणले निर्धारित समय भित्र नै क्रसिङ गरिसक्नु पनै भन्दै उद्योगपतिले उद्योग सञ्चालनमा ढिलो गर्न नहुने उनले बताए ।

चिनी उत्पादक कम्पनीहरुले भने चिनीको अन्तर्राष्ट्रिय मुल्यमा गिरावट आएकाले किसानले माग गरेको मुल्य कुनै पनि हालतमा दिन नसकिने बताएका छन् । वार्ता मंसिर २७ गते पुनः बस्ने गरी स्थगित गरिएको छ ।