२२ कार्तिक २०८३, आइतबार

मलाई काम गर्ने नेताको रुपमा विश्वास गरिएको छः वाम उम्मेदवार बैजनाथ चौधरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेशसभा २ (१) नवलपरासी

तपाईले मतदातासँग के भनेर मत मागिरहनुभएको छ ?

म विघटित संविधान सभाको सदस्य, रुपान्तरित संसदको सदस्य भएको व्यक्ति, भर्खरै निवर्तमान भएर अहिले प्रतिनिधि सभा २ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएको छ । विशेषत जनताको चासो किन प्रदेश सभामा भन्ने छ, यसको व्याख्या मैले गरिरहेको छु । म प्रदेश सभाको सांसद मात्र बन्न होईन की त्यहाँ निर्माण हुने सरकारकै नेतृत्व गर्ने गरी मलाई पार्टीले प्रस्ताव गरी अगाडि बढाईरहेको छ । स्वभाविक रुपमा प्रदेश सरकारको मुख्यमन्त्री वा सहायक मुख्य मन्त्री भईसकेपछि यस प्रदेश सभाको विकास निर्माण लगायतका क्षेत्रमा मेरो विशेष चासो रहन्छ र विकास पनि गर्छु । किनकी यसअघि पनि म यहीँबाट चुनाव लडेको र एक कार्यकालमा यति धेरै काम गरेको भनेर जनताले विश्वास गरेका छन् ।

विगतमा यस क्षेत्रमा तपाईले के काम गर्नुभयो ? र अहिले जनताले तपाईलाई भोट दिने ?

सबभन्दा पहिलो कुरा त अघिल्लो चुनाव भनेको संविधान सभाको चुनाव थियो । र मुल काम भनेको संविधान निर्माण गर्नुनै थियो । संविधान निर्माणको भुमिका मैले अलिवेसी समिति उपसमितिहरुमा बसेर काम गरे । करिव दुई वर्ष यत्तिकै गयो । बाँकी समयमा मैले यस क्षेत्रको विकासमै खर्चे । किनभने मैले त चुनौतीका साथ भन्न चाहन्छु, वि.स.२०४८ सालदेखि यता यस क्षेत्रमा जितेका अन्य सांसद र मेरो तुलना गर्नुस, उहाँहरुले गरेका काम भन्दा कैयौँ गुणा बढी काम मैले यस क्षेत्रमा गरेको छु । जस्तै सदरमुकाम व्यवस्थित गर्नका लागि वार्षिक ५० करोड विनियोजन भएको छ, यसबाट यहाँको बाटोघाटो, बसपार्क लगायत व्यवस्थित हुनेछ । परासीदेखि नारायणचोकसम्मको हुलाकी सडकलाई कालोपत्रे गर्न २३ करोडको ठेक्का, सुनवलदेखि परासी हुदैँ महेशपुर पुग्ने बाटो फोर लेनको बनाउने योजना लगायतका यस्ता ठुला योजना मेरै पालामा मैरै पहलमा भएको हो । यस्तै रामग्राम स्तुपलाई केन्द्रमा राखेर राजमार्गदेखि सिधै स्तुपसम्म जोड्ने बौद्धपरिपथको परिकल्पनालाई साकार पार्दैै १५ करोड विनियोजन गराएर काम भयो, अहिले देखिनै गरी नै काम सम्पन्न भएको छ । अनि पण्डितपुरलाई पनि कालोपत्रे सँग जोडेर बुटवलसँग लिंक गराउने र पछाडि परेका गाउँको विकासका लागि पनि मैले बजेट पारेको छु । करोडौँ लगानीको सुनवल भोलार्वास योजना, करिव टोलटोलमा कालोपत्रे बाटो, तुरिया नदीको तटबन्ध, विभिन्न स्थानमा पुल निर्माण लगायत थुप्रै काम भएका छन् । तसर्थ पनि मेरो पालामा के भयो भन्दा पनि के भएन भनेर खोज्नुपर्ला । यो सबै काम प्रत्यक्ष देख्न सकिन्छ ।

त्यसोभए तपाईले जितेमा यो प्रदेश सभा क्षेत्र १ मा के के विकास हुनेछ ?

स्वभाविक रुपमा जुन प्रदेश सभा क्षेत्रबाट जितेर सिंगो प्रदेशकै सरकारको नेतृत्व गर्छ, उसले आफ्नो प्रदेशको विकासमा चासो दिएकै हुन्छ । प्रदेशकै नेतृत्व गर्दा मेरो निर्वाचन क्षेत्रले धेरै विकास र फाईदा लिन्छ भन्नेमा मैले विश्वास दिलाउन चाहन्छु । म त्यहाँ पुगेभने स्थानीय तहलाई सबलीकरण गर्दै स्थानीय तहलाई पर्याप्त मात्रामा बजेट छुट्याउने खालको कानुन निर्माणमा भुमिका खेल्नेछु । यस क्षेत्रलाई पर्यटकीय, औद्योगिककरण, कृषि तथा पशुपालन वा कुन क्षेत्रबाट चिनाउन सकिन्छ, त्यसमा लाग्छु । स्वरोजगार, शुद्ध खानेपानीको पहुँच, जनताको आर्थिकस्तर उकास्ने, पुर्वाधार विकास, गुणस्तरीय शिक्षा लगायतको विकास हुनेछ । यति विश्वास गर्नुस की यहाँका जनताले यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर भन्ने स्थिती नै आउदैँन् । किनकी म त हिजोँ जिविसको सभापति हुदाँदेखिनै यहाँको समस्या नजिकबाट निहालीरहेको छु । अरु क्षेत्रका सांसदले भन्दा मैले मेरो क्षेत्रमा फरक विकास गरेको देख्न पाउनुहुनेछ । अन्त्यमा मतदातालाई भन्न चाहन्छु, बामगठबन्धन मुलुकै समृद्धि र विकास अनि स्थिर सरकारका लागि भएको छ । तपाई आफ्नो क्षेत्रको विकास चाहनुहुन्छ भने बामगठबन्धनका उम्मेदवारलाई जिताउनुहोला । हामी झुटो आश्वासन दिएर होईन काम गरेर भोट मागिरहेका छौँ र अब पनि गर्छौँ ।
प्रस्तुतीः मोहन पौडेल