२२ कार्तिक २०८३, आइतबार

सल्यानका पाँच स्थानलाई स्मार्ट सिटीको रुपमा विकास गरिन्छः बाम गठबन्धन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १५ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सल्यानको कपुरकोट बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बताएको छ । व्यवस्थित र सुन्दर बजार बनाउनका लागी कपुरकोटलगायत विभिन्न बजारलाई स्मार्ट बजारको रुपमा विकास गर्ने सल्यानमा बाम गठबन्धनको साझा प्रतिबद्धतामा रहेको बताइएको छ ।

पहिलो चरणमा कपुरकोटसहित श्रीनगर आधुनिक औद्योगीक स्मार्ट बजार, बागचौर नमुना स्मार्ट बजार, खलंगा पुरानो स्मार्ट बजार, सल्लीबजार व्यापारिक केन्द्र स्मार्टबजार, कालिमाटी रामपुर पशुपंक्षी स्मार्ट बजारको रुपमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

पाँच वर्षमा पूर्वाधार विकास र दश वर्षमा व्यवस्थित एकिकृत बस्ती निर्माण गरिने प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा माओवादी नेता टेकबहादुर बस्नेतले बताए । उनले विगतको संक्रमणकालिन अवस्थाको १० वर्षमा गरिने काम अबको ५ वर्षमा सम्पन्न गर्न सकिने बताए । उनले भने, ‘कतिपयले हाम्रो प्रतिबद्धतापत्रलाई बढि महत्वाकांक्षी भनेका छन्, तर त्यसो होइन । पहिले एउटा मात्रै सरकार थियो, अब तीन वटा सरकारले काम गर्ने हो, काम छिट्टै हुन्छ । हाम्रो प्रतिबद्धता पुरा भएरै छाड्छ ।’

यस्तै प्रदेस सभा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार गुलावजंग शाह र क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले पनि संयुक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिए जस्तै ५ वर्षभित्रमा हरेक स्थानीय तहका सबै वडाहरुको केन्द्रमा पक्की बाटो निर्माण गर्न सम्भव रहेको दाबी गरे । सल्यानमा ८३ वटा वडाहरु रहेका छन् ।