२२ कार्तिक २०८३, आइतबार

विकासको चाहना कांग्रेसले पूरा गर्छः नेका नेता खड्का

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले जनताको विकासको चाहनालाई नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चुनाव प्रचारप्रसार समितिले कल्याणमा बिहिबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले सो कुरा बताउनुभएको हो ।

उहाँले जनताको विकासको चाहना आफूले पूरा गर्दै आएको उल्लेख गर्दै यो निर्वाचनमा विजयी बनेपछि ६ महिनाभित्र धुलियाबिट–भेडाबारी पिँच गरेर देखाउने बताउनुभएको छ ।

उहाँले भेरीगंगा नगरपालिकाको भेरी उपत्यकाका दुवै किनारमा अत्याधुनिक नमूना शहर निर्माण गर्न जनताले नेपाली काँग्रेसलाइ जिताउनुपर्ने बताउनुभयो ।

भेरी नदी किनारका जग्गाहरुमा आवश्यकता अनुसार कृषि उत्पादन गरी समग्र जिल्लालाइ नै खाद्यान्नमा आत्मनिर्भर बनाएर खाद्यान्न तथा तरकारी निर्यात गर्नका लागि किसानहरुलाई सक्षम बनाउने योजना आफूले लिएको खड्काले बताउनुभयो ।

हाल सिचाइँको अभाव रहेका जिल्लाका कृषियोग्य भूमिमा नजिकको पानीको स्रोत खोजी गरी तत्काल सिँचाइको व्यवस्था गर्दै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउने आश्वासन समेत खड्काले दिनुभएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य पदका लागि सुर्खेत क्षेत्र नं. १ (ख) का उम्मेदवार झकबहादुर डाँगीले नागरिकको स्वतन्त्रतासम्बन्धी मौलिक हकको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको भन्दै आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताउने मतदातासंग अपिल गर्नुभएको थियो ।

कार्यक्रम नेपाली काँग्रेस गाउँ कार्य समिति कल्याणका सभापति प्रतिमान वाँकाबलको सभापतित्वमा सम्पन्न भएको हो ।