– आकाश देबकोटा
बाँके, १५ मंसिर । प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा एकिकृत राप्रपा(राष्ट्रवादी)बाट चुनावी मैदानमा रहेका तेजनारायण कँडेल शुक्रबार पनि मतदाताको समर्थन बटुल्न व्यस्त देखिएका छन् । उनले शुक्रबार नेपालगन्जको वडा नम्बर १८ कारकाँदो क्षेत्रमा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा कारकाँदो क्षेत्रका स्थानीय बासिन्दाले बाटो र बिद्युत पोलको समस्या सुनाएको उम्मेदवार कँडेलले बताए । राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सह–प्रवक्ता समेत रहेका कँडेलले आफु निर्वाचित भएपछि मतदाताले राखेका समस्या समाधानका लागी गम्भीर भएर लाग्ने बताए ।
घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ (क)का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ (ख)का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता सहभागी छन् ।












प्रतिक्रिया