
काठमाडौँ, १४ मंसिर । प्रहरीले पहिचान खुल्न नसक्ने अवस्थामा रहेको अन्दाजी २०/२१ वर्षको युवकको बेवारिसे लाश फेला पारेको छ । प्रहरीले बिहीबार विहान ६ः३० वजे काठमाडौँ–८ तिलगंगाबाट गुहेश्वरी तर्फ जाने कच्ची सडकको वायाँ साईडमा सो लाश फेला पारेको हो ।
पातलो शरिर, ५ फिट ५ इन्च उचाई, कपालमा खैरो रंग लगाएको, निलो जिन्स पाईन्ट, खरानी रंग जस्तो हुड लगाएको, भित्र मोनो ब्राभोको स्टिकर भएको कालो रातो रंगको हाप भेस्ट लगाएको, खुट्टामा रातो रंगको ४१ नम्बरको कन्भर्स अल स्टार जुत्ता, खरानी रंगमा कालो धर्का भएको मोजा लगाएको व्यक्तिको लाश भेटिएको प्रहरीले जनाएको छ ।
उक्त लाशको हालसम्म कतैबाट सनाखत हुन नसकेको प्रहरीले बताएको छ । यस्तो हुलिया भएको व्यक्ति कहि कतै हराएको पाइएमा महानगरीय अपराध महाशाखा, टेकु तथा महानगरीय प्रहरी वृत्तमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।












प्रतिक्रिया