२२ कार्तिक २०८३, आइतबार

पतिले पुरा गर्न नसकेको आश्वासन बाँड्दै आरजु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १४ मसिर । २०७० सालको चुनावमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले चुनावमा गरेका बाचा पुरा नगरेको रानाथारु समुदायका मतदाताले आरोप लगाएका छन् ।

रानाथारु समुदायले आफनो जातिलाई सुचिृकत गरिदिने भन्दै देउवाले आश्वासनका पोका बाडेपनि केही पनि पुरा नगरेको संवाद गुनासो कार्यक्रममा गरे ।

मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले बिहीवार धनगढीमा आयोजना गरेको जनतासंग उम्मेद्वार कार्यक्रममा उनीहरुले २०७० सालको चुनावमा देउवाले बाँडेकै आश्वासन कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पत्नी आरजुले पनि बाँडिरहेको बताए ।

०७० सालको चुनावमा दिएको आश्वासन आश्वासनमै सिमित भएकोले अब कसैको आश्वासनमा नपर्ने उनीहरुको भनाइ छ । धनगढी गाउकी शान्ति रानाले जातिय पहिचान गराउँछु भनेर २०७० सालको चुनावमा आरजुले पनि पती शेर बहादुरका लागि भोट मागेको बताइन । उहाँले २०७० सालको चुनावमा पतिका लागि भोट माग्ने आरजु अहिले सोही मुद्धा लिएर राना थारु समुदायसंग भोट मागिरहेको भन्दै आक्रोस पोख्नुभयो ।

२०७० सालको चुनावका बेला रानाथारु समुदायलाई सुचिकृत गर्छु भन्दै लिएको फाईल पनि अहिले गायव पारेको उनले बताइन् । जुगेडाका केवल रानाले थारु समुदायलाई दारु र पैसामा नकिन्न आग्रह गरे । काँग्रेसले विभिन्न आश्वासन बाँडदै रानाथारु समुदायका भोट बटुल्ने गरेको भन्दै रानाले यसपटकको चुनावमा दारु र मासुले खुवाएर भोट पाउला भनेर आस नगर्न चेतावनी दिए ।