२२ कार्तिक २०८३, आइतबार

राष्ट्रिय समृद्धिका लागि बाम गठबन्धनको जीत अपरिहार्यः एमाले नेता पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, १४ मंसिर । जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमालेका नेता डा. कृष्ण पौडेलले राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि बाम गठबन्धनको जित अपरिहार्य रहेको बताएका छन् ।

जीतपुर सिमरा उपमहानगर–१५ स्थित सुक्लैयामा बिहीबार आयोजित जनभेलालाई सम्बोधन गर्दै डा. पौडेलले स्थानीय विकास निर्माण र सामाजिक न्यायको योजना निर्वाचित भएको दुई महिनामा बनाएको र निर्वाचनपछि कार्यान्वयनमा जाने बताए । योजना कार्यान्वयनसँगै तिब्र रुपमा विकास गर्नका लागि थप बजेटको आवश्यकता रहने हुँदा केन्द्र र प्रदेशमा बाम गठबन्धनलाई जिताएर स्रोत ल्याउनुपर्ने डा. पौडेलको भनाई थियो ।

यसैगरी जीतपुरसिमरा उपमहानगर–१६ को सखुवाघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. पौडेलले आसन्न प्रदेश तथा प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवारहरुको विजय सुनिश्चित बनाउन सबै लाग्नुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि योगदान गरेका र विगतमा सरकारमा गएर राम्रो काम गरेका एमाले र माओवादी दुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर निर्वाचनमा जाँदा आम नागरिकमा उत्साह सिर्जना भएको बताउदै राजनीतिक संक्रमण पुरा गर्दै समृद्धिका लागि अभिमत प्रकट गर्न ध्यान दिनुपर्ने डा. पौडेलले बताए ।

कार्यक्रममा बारा ३ का प्रतिनिधि सभाका उम्मेदवार अध्यानन्द पाण्डेले बाम गठबन्धनका कार्यकर्तामा देखिएको उत्साहले आफूलाई उर्जा प्राप्त भएको बताए । केन्द्र र प्रदेशका लागि पनि क्षेत्रमा बाम गठबन्धनको जित आवश्यक रहेकोे उनको भनाई थियो । प्रदेशसभा ३ (क) की उम्मेदवार ज्वाला साहले बाम गठबन्धनका कार्यकर्ता र शुभचिन्तकले यतिबेला बाम एकताको राष्ट्रिय अभियानमा सहयोग गर्नुका साथै देशलाई समृद्धितर्फ बढाउनका लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताईन ।