२२ कार्तिक २०८३, आइतबार

निधिलाई महतोको कडा जवाफः ‘हो म मगन्ते हुँ, मधेशको अधिकार माग्दै छु’

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल राजपाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकार माग्दा कसैले मगन्ते भन्छ भने त्यसमा कुनै आपत्ति नरहेको बताउनुभएको छ ।

धनुषा—३ को प्रतिनिधिसभा सदस्यका उम्मेद्वार महतोले अर्का उम्मेद्वार नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूलार्ई मगन्ते भनेपछि त्यसको कडा जवाफ दिंदै महतोले भन्नुभयो— हो, म मगन्ते हुँ, म मधेशी जनताको अधिकार माग्दैछु, अधिकारको लागि मेरो संघर्षलाई यदि कसैले मगन्ते भन्छ भने मलाई कुनै आपत्ति छैन ।’

नेता महतोले आफू जनकपुर आएर मात्रै मगन्ते नभएको बताउनुभयो । ‘मैले राजनीतिको शुरुवात नै अधिकार माग्ने मगन्ते जस्तै भएर गरेँ’ जनकपुरको जिरो माईलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राजपा नेता महतोले भन्नुभयो । काग्रेस नेता बिमलेन्द्र निधिले काठमाण्डौबाट जनकपुर फर्केपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा महतोलाई मगन्ते भिखारी भन्दै उनलाई भिख दिएर फिर्ता पठाउन जनकपुरवासीसंग अपिल गरेका थिए ।

निधिको यो भनाई विवादास्पद बनेको छ । ‘देशको शोषित, पिडित, सिमान्तकृत जनताको अधिकार माग्नेलाई यदि मगन्ते भनिन्छ भने हो म मगन्ते हो’ महतोले निधिलाई सामन्ती प्रवृतिको बताउंदै अगाडी थप्नुभयो—म मधेशीको अधिकारको लागि पहिले पनि संघर्षरत थिए आज पनि छु र मधेशी जनतालाई अधिकार सम्पन्न नबनाए सम्म मेरो यो संघर्ष जारि रहने छ ।’

महतोलाई भिख दिएर पठाउने बिमलेन्द्र निधिको अभिव्यक्तिबारे टिप्पणी गर्दै उहाँले जनकपुरवासीले भिखको सट्टा भोट दिने बताउनुभयो । ‘मलाई जनकपुरको जनतामाथि पूर्ण विश्वास छ. यहाँको जनताले सामन्तवादी सोच भएका नेतालाई यसपाली ब्यालेटको माध्यमले जवाफ फर्काउने छन्’ महतोले भन्नुभयो ।