टीकापुर, १४ मंसिर । नयाँ शक्ति पार्टीका केन्द्रिय सचिवालय सदस्य डा. जनकराज शाह र सो पार्टीमा आवद्ध टीकापुरका बुद्धिजिवी दामोदर पण्डितले कैलालीमा वाम वठबन्धनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका शाह र पण्डितले विहिवार टीकापुरमा एक पत्रकार सम्मेलन मार्फत सो कुराको घोषणा गरेका हुन् । ‘पार्टी वामगठबन्धनबाट बाहिरीनु हुदैन भन्ने पक्षमा हामीहरु पार्टी भित्र आफ्ना मतहरु राखिरहदा पनि लोकतान्त्रीक गठबन्धनका नाममा पुरातनवादी शक्तिहरुसँग साँठगाँठ गर्ने कुरा प्रति असहमति राख्दै पार्टी भित्रै रहेर संघर्ष गर्ने निश्कर्षमा पुगेका छौं’ पत्रकार सम्मेलनमा शाहले भन्नु भयो ।
पार्टी भित्रै रहेर यस्तो निर्णय गर्दा पार्टीले कारबाही गर्ला नी त भन्ने पत्रकारहरुको प्रश्नमा शाहले भन्नुभयो ‘नयाँ शक्ति पार्टीलाई बाम गठबन्धनसँग मिलाउन हामीले पार्टी भित्रै गरेको विद्रोह हो, हामी आफ्नो अभियानमा दृढ रहन्छौं ।’
कार्यक्रममा बाम गठबन्धनका कैलाली क्षेत्र नं. १ का उम्मेद्धार एमाले नेतृ गरिमा शाहले नयाँ शक्तिका प्रभावशाली नेताको समर्थनले गठबन्धनलाई फाइदा पुगेको प्रतिकृया जनाउनु भयो ।
गठबन्धनका क्षेत्र नं. १ प्रदेश ‘ख’का उम्मेद्धार तथा माओवादी केन्द्रका नेता नेपबहादुर चौधरीले प्रगतिशिल र पुरातनवादी शक्तिहरु विचको चुनावी प्रतिष्पर्धामा सबै न्याय प्रेमीहरु एक ठाउमा उभिनुपर्ने बताउनुभयो ।













प्रतिक्रिया