काठमाडौं, १४ मंसिर । सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा पुस २७ गते सार्वजनिक बिदा दिन निर्णय गरेको एक मन्त्रीले बताए । ‘नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्मानमा उनको जन्मजयन्तीलार्इ राष्ट्रिय पर्वको रुपमा मान्दै सार्वजनिक विदा दिने निर्णय भएको छ,’ उनले भने ।
यसअघि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्मानमा सार्वजनिक विदा दिने कि नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।













प्रतिक्रिया