२२ कार्तिक २०८३, आइतबार

बर्दियामा थारु समुदायका अगुवाहरु बाम गठबन्धनको पक्षमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १४ मंसिर । बर्दियाका थारु समुदायका अगुवाहरुले बाम गठबन्धनको पक्षमा मत मागेका छन् । थारु बुद्धिजीवी जुट्याला समिति, लोकतान्त्रिक थारु संघ र थारु राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध थारु समुदायका अगुवाहरुले गठबन्धनका उम्मेद्वारहरुको पक्षमा मत मागेका हुन् ।

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका पक्षमा मत माग्ने अभियान नै सञ्चालन गरेका छन् । ५२ प्रतिशत बढी थारु समुदाय रहेको बर्दिया जिल्लामा आदिवासी, जनजाती, भूमिहीन, सुकुम्बासी र कमैयाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार बाम गठबन्धमा मात्रै रहेको हुँदा मत मागिएको थारु वुद्धिजीवी जुट्याला समितिका अध्यक्ष रामसिंह थारुले बताए । उनले भने, ‘हाम्रो थारु समुदाय जहिल्यै पनि सामन्तहरुको थिचोमिचो सहदै आएको छ । त्यसकारण त्यो थिचोमिचोबाट मुक्त हुन र सम्मानजनक जीवनयापन गर्न गठबन्धनको स्थिर सरकार आवश्यक छ ।’

थारु जातीको कला, साहित्य, संस्कृति र भाषा संरक्षणका लागि अरु भन्दा प्रगतिशिल रहेको बाम गठबन्धन नै सक्रिय देखिएको हुँदा आफूहरुले बाम गठबन्धनको पक्षमा मत दिन सबै थारु समुदाय माझ अपिल गरेको वरिष्ठ थारु साहित्यकार शुशील चौधरीले बताए ।

प्रतिनिधि सभा तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नम्बर १ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सन्तकुमार थारु चुनावी दौडमा छन् ।