पोखरा, १४ मंसिर । पर्यटकी क्षेत्र लान्दुरकवासीले युवा नेता राजीव पहारीलाई समर्थन गरेका छन् । कास्की निवार्चन ३(२) प्रदेश उम्मेदवार रहेका पहारीलाई सफलताको शुभकामना पनी उनीहरुले दिए ।
अन्नपुर्ण गाउँपालीकाको उरी कुम्रोन डाडा लगायतका ठाउँमा भएको चुनावी सभा तथा घरदैलोमा पहारीलाई स्थानीयले शुभकामनासंगै गुरुङ पोशाक भाङ्गो लगाइदिएका थिए । पर्यटकीय पैदल मार्गको मर्मत ग्रामीण सडकको स्तरउन्ती गर्न सुझाव समेत दिएका छन् ।
पहारीले भने म तपाईहरुको सेवा गर्न आएको हु विद्यालयको शैक्षीक विकास स्थानीय स्तरमा आर्थीक रोजगारी सिर्जना गर्ने काम गर्ने छु यहाँ कसैको पनि अकालमा ज्यान गुमान अव नपर्ने गरी गाउँ पालीकामा आधुनीक अस्पताल निमार्ण गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा एमाले नेता होम वहादुर नेपाली, सुरेन्द्र गुरुङ, आर्शिवादद सुवेदी भरत कोने गुरुङ विवेक देवकोटा लगायतको उपस्थीती रहेको थियो ।












प्रतिक्रिया