२२ कार्तिक २०८३, आइतबार

बर्दियामा प्रहरीको सुरक्षामाथि प्रश्न उठ्न थाल्यो, थुनुवा हतकडीसहित राति फरार

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डिपी दर्माली

बर्दिया, १३ मंसिर । बर्दियामा प्रहरीमाथि शंका उपशंका उब्जिएको छ । प्रहरीले हिरासतमा थुनेको ब्यक्ति नै फरार भएपछि प्रहरीको सुरक्षामाथि शंका उब्जन थालेको हो ।

राति प्रहरीले थुनेको ब्यक्ति राति नै फरार भएपछि थुनुवाको सुरक्षा गर्न नसक्ने प्रहरीले अरु जनताको कसरी सुरक्षा गर्न सक्छ भन्दै स्थानीयले प्रहरी प्रशासनलाई प्रश्न समेत गरेका छन् ।

गत मंगलबार बर्दियाको बारर्दिया नगरपालिका वडा नं. ९ कतर्नियामा श्रीमान श्रीमतीको झगडालाई लिएर श्रीमती प्रतिमा काफ्लेले स्थानीय प्रहरी चौकी कतर्नियामा मौखिक उजुरी दिएपछि श्रीमान राजु काफ्ले भन्ने २७ बर्षिय दिपक शर्मालाई रातीको ११ बजे नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिई प्रहरी चौकीमा रहेका राजु हतकडीसंगै राती फरार भएका थिए ।

प्रहरी चौकीबाटै थुनुवा फरार भएपछि आफ्नै चौकीको सुरक्षा गर्न नसक्ने प्रहरीले निर्वाचनको समयमा मतदातालाई कसरी सुरक्षा प्रदान गर्न सक्लाभन्दै स्थानीयले प्रहरीमाथि आशंका ब्यक्त गर्न थालेका छन् । प्रहरी चौकीको एक सय मिटर टाढा हतकडी फेला परेको भएतापनि अझैसम्म फरार थुनुवा फेला परेका छैनन् ।

फरार रहेका थुनुवाको खोजी भैरहेको कतरनिया प्रहरी चौकीका इन्चार्ज असई कन्हैयालाल थारुले बताएका छन् । उनले भने– ‘राति म अन्यत्रै डिउटीमा गएको थिए, चौकीको डिउटीवाला सुतेको रहेछ ।’