२२ कार्तिक २०८३, आइतबार

वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चितः एमाले अध्यक्ष ओली

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ११ मंसिर । नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनको दुई तिहाई बहुमत ल्याउने निश्चित भएको बताउनु भएको छ । बर्दियाको गुलरियामा भएको बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यहि मंशिर १० र २१ गते हुने निर्वाचनमा दुई तिहाई बहुमत आउने बताउनु भएको हो ।

बामपन्थिहरुको एकता चुनाव अगाडी नै गर्ने योजना भएपनि चुनाव नजिकै आईसकेकोले चुनावी तालमेल मात्र गरेको खुलाशा गर्नु भएको छ । चुनाव सकिए लगत्तै बाम पन्थिहरुको एकता निश्चित हुने बताउनु भयो ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकता बाँडी चुँडी खानको लागि नभएर देशको बिकास, शान्ति सुरक्षा, लोकतन्त्रलाई बदियो बनाउनको लागि पार्टी एकता गर्न लागेको अध्यक्ष ओलीले बताउनु भएको हो ।

अध्यक्ष ओलीले देशको बिकासको लागि रोजगारी श्रृजना गर्छौ, नेपालका गरिब, सुकुम्बासी , मुक्तकमैया, कम्लहरी, हलियाहरुको उत्थान र बिकसको लागि आफ्नो पार्टीले चुनावी घोषण पत्रमा उल्लेख गरिसकेको बताउदै, बामपन्थिको सरकार बनेपछि आफुले गरेका प्रतिबद्धता सबै पुरा गर्ने बताउनु भएको छ ।

यसैगरी चुनावी सभा र्काक्रममा बिशिष्ट अथिति तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर थापाले आब नेपाल नयाँ युगमा प्रबेश गरिरहेको बताउनु भएको छ । निर्वाचन पछि बामपन्थिको स्थायी सरकार निर्माण हुन गईरहेकोले नेपाल बिकासको गति लिएर नयाँ युगको रुपमा हुने बताउनु भएको छ । एकता, सम्बृद्धि र बिकासको लागि नयाँ सरकारले काम गर्ने बताउनु भएको छ ।