२२ कार्तिक २०८३, आइतबार

बाम गठबनधनलाई जिताउन प्रवासी नेपालीहरु नै प्रचारप्रसारमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ११ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउनका प्रवासी नेपाली संघ महाराष्ट्र भारतको चौथो टोली सोमबार कैलाली पुगेको छ ।

प्रवासी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर बहादुर रावल, राज्य उपाध्यक्ष सुरेन्द्र बोहरा, खेलकुद विभागका प्रेम खड्का, राज्य सचिव बिएस वड, सचिवालय सदस्य जनक खड्का, सचिवालय सदस्य अर्जुन भण्डारी, हिमानी कुँवर, विन्दु शर्मा र राज्य सदस्य टेक रावललगायतका ९ सदस्यीय टोली कैलाली पुगेका हुन् ।

प्रवासी नेपाली संघ भारतको केन्द्रीय सर्कुलरअनुसार बाम गठबन्धनलाई जिताउनका लागि यस भन्दा पहिले ३ वटा टोली ७ नम्बर प्रदेशमा र देशका अन्य भागहरुमा पनि पुगिसकेको केन्द्रीय महासचिव डम्बर रावलले जानकारी दिए । राष्ट्र, राष्ट्रियता र प्रवासी नेपालीहरुका समस्या, युवा बेरोजगारीलगायतका मुद्धाहरुलाई एमालेले मात्र सम्बोधन गर्ने भएकोले बाम गठबन्धनलाई जिताउनका लागि प्रवासबाट ७ सयको संख्यामा संगठनका मानिसहरु प्रदेश सातमा पुगिसकेको र बाँकी देशका विभिन्न जिल्लाहरुमा जानेक्रम शुरु भैसकेको पनि महासचिव रावलले जानकारी दिएका छन् ।

केन्द्रीय महासचिव डम्बर रावलको नेतृत्वमा रहेको टोलीले कैलालीका क्षेत्र नम्बर १, २, ३, ४, ५ र अछामका १ र २ निर्वाचन क्षेत्रमा प्रचारप्रसार तीब्र पारिएको उनले बताए । सो टोली सोमबार कैलालीका १, २ र ४ निर्वाचन क्षेत्रमा प्रचार प्रशारमा जुटेको थियो ।