२२ कार्तिक २०८३, आइतबार

निर्वाचन अवधिभर कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थालाई प्रशासनको निर्देशन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा ११ मंसिर । मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सम्पूर्ण गैरसरकारी संस्थाहरुलाई निर्वाचन सम्पन्न नहुदा सम्म कुनै पनि कार्यक्रमहरु संचालन नगर्न सोमबार निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आईतबार बसेको सर्व पक्षिय बैठकले निर्वाचनमा हुन सक्ने विभिन्न खाले सुरक्षा चुनौतीहरुलाई मध्य नजर गर्दै मंसिर ११ गते देखी निर्वाचनको दिनसम्म गैरसरकारी संस्थाहरुलाई कार्यक्रमहरु संचालन नगराउन र व्यापार व्यवसायीहरुले मदिरा विक्रि वितरण नगर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुरा जनाएको छ ।

विभिन्न जिल्लामा गैरसरकारी संस्थाहरुले निर्वाचनको समयमा मतदाताहरुलाई प्रलोभन देखाएर मत प्रभावित गरेको समाचार आउन थालेपछि डडेल्धुरा जिल्लामा पनि निर्वाचन अवधि सम्मका लागी गैससका कार्यक्रमहरुलाई संचालन नगराउने निर्णय गरिएको नेकपा एमाले डडेल्धुरा उपाध्यक्ष विरेन्द्र कुमार बस्नेतले बताएका छन् ।

निर्वाचनलाई मर्यादित र व्यवस्थितरुपमा संचालन गर्नका लागी केही समयका लागी गैससका कार्यक्रमहरुलाई संचालन नगराउन गैसस महासंघ डडेल्धुरालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताएका छन् । उनले भने- सर्व पक्षिय बैठकको निर्णय अनुसार नै निर्वाचन अवधिसम्म कार्यक्रमलाई रोक्नका लागी अनुरोध गरेका छौ ।