दैलेख, १० मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का वाम गठबन्धनका साझा उम्मेदवार राजबहादुर बुढाले सिहाँसैनमा २ वर्षभित्र विजुलीले झलमल्ल पार्ने बताएका छन् ।
आइतबार गठबन्धनले आठबीस नगरपालिका वडा नं. ६ मा आयोजना गरेको चुनावि सभालाई सम्वोधन गर्दै उनले सो बताएका हुन । नेता बुढाले चाँडै राष्ट्रिय प्रसारण लाईन समेत जोड्नेगरी कार्य अघि बढेको बताउँदै राकम कर्णालीमा आधुनिक शहर निर्माणमा समेत तीव्रता दिइने बताए । उनले सिहाँसैन–रामागाड सडकलाई बाह्रैमहिना सञ्चालन हुनेगरी निर्माण गर्ने, राकम कर्णाली–रोल–सिहाँसैन तथा सिहाँसैन–राँता–खिड्किज्यूला सडक निर्माणमा प्राथमिकता दिने जनाए । उम्मेदवार बुढाले आठबीस क्षेत्र सञ्चारका हिसाबले पछि परेको बताउँदै सञ्चारको विकास गर्न आफू लागि पर्ने बताए । विगतमा जनताको अभिमतकै कारण विभिन्न ठाँउमा सडक सञ्जाल विसतार गरेको, खानेपानीका योजना सञ्चालन भएको, विभिन्न ठाँउहरुमा रहेका खोलामा पुलहरु बनाइएको, ८ ओटा पक्कि पुल बनेर सञ्चालनमा ल्याइएको, मध्यपहाडि लोकमार्गलाई दैलेख भएर अछाम लगिएको जस्ता कामहरु गर्न सकिएको भन्दै जनताले फेरि मौका दिए समृद्ध दैलेख दिने उनको भनाई थियो ।
यस्तै प्रदेस सभा ‘ख’ का उम्मेदवार राजबहादुर शाहीले सिहाँसैन पहिरोको उच्च जोखिममा रहेकाले मतदाताले विजया गराएको खण्डमा सबैभन्दा पहिलो प्राथमिकता गाँउ बचाउने रहेको जनाए । उनले सिहाँसैनको राँता, रोलको मालीमेला, ताउनी, खड्कागडेन लगायतका बस्तमिा पहिरोको उच्च जोखिम भएको बताउँदै उक्त समस्या समाधान गर्ने प्रतिबद्वता जनाए । वडामा खानेपानीको थप व्यवस्था गर्ने, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पहल गर्ने उनको भनाई थियो । नेता शाहीले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने र हरेक टोलमा सडक पु¥याउने तथा सडक पुगेका ठााउमा ग्राभेल गर्ने जनाए ।
सभामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थीरबहादुर कार्की, एमालेका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद पोखरेल, प्रचार प्रसार संयोजक सुर्यबहादुर शाही, माओवादी नेता शुसिल रावत, विभागका केन्द्रीय सदस्य तेजबहादुर महतारा लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया