२२ कार्तिक २०८३, आइतबार

भैरहवाका महिलाहरुको आह्वानः विचार र विकासका संवाहकलाई मतदान

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा (रुपन्देही), १० मंसिर । रुपन्देही–३ का महिलाहरुले आइतबार भैरहवामा शक्ति प्रर्दशन गर्दै अबको नेता नैतिकवान हुनुपर्नेमा जोड दिएका छन् । हजारौँको संख्यामा रहेका महिलाहरुले भैरहवा बजारको परिक्रमा गर्दै आसन्न निर्वाचनमा विचार र विकासका संवाहकलाई मतदान गर्न आम सर्वसाधरणलाई समेत आग्रह गरेका छन् ।

संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ का महिला समुहका संयोजक पम्फावती खनालको नेतृत्वमा बुद्ध चोकबाट सुरु भएको -याली बर्मेलीटोल, नारायणस्थान, मिलनचोक, बैंकरोड, देवकोटाचोक, नयाँसडक हुँदै पुन बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।

नेतृहरुले सभालाई सम्बोधन गर्दै पटक–पटक मन्त्री भएका व्यक्तिले पदमा रहँदासम्म भ्रष्टाचार मात्र गरेर चुनावका बेला जनताको घरमा विकासका काम गर्छु भन्दै आश्वासन बाँडनेलाई जनताले तह लगाउनु पर्ने बताए । दर्जनौँ मन्त्रालय समालेर जनताको पसिना लुटेर भ्रष्टाचार गरेर कमाएको सम्पत्तिको सदुपयोग गर्दै अहिले जनताको मतलाई भेडाबाख्रा सरह खरिद गर्न लागिएको भन्दै उनीहरुले पैसामा भोट माग्नेलाइ जनताले तह लगाइ छाड्ने दावी गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले महिलाहरुले आफ्नो हक अधिकार सुरक्षित गर्ने हो भने बाम गठबन्धनलाई विजयी बनाउनुपर्ने बताइन् । उनले महिला अधिकारको लागि लड्ने भनेको बाम गठबन्धन नै भएको दावी गर्दै आफ्नो मत सुरक्षित गर्नको लागि आग्रह गरिन् ।

कार्यक्रममा संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ महिला समुहका सह संयोजक कमला थापाले अब फुटेर नभए जुटेर देशको विकास गर्ने सपना बाम गठबन्धनसँग मात्र रहेको हुँदा अन्य कुनैपनि पार्टीलाई मत दिनु आवश्यक नरहेको बताइन् । अब देशमा स्थायी सरकारको आवस्यकता भएको हुँदा त्यसको लागि बाम गठबन्धनका उम्मेदवारलाई दुइ तिहाइ बहुमतले विजयी बनाउन आग्रह गरिन् ।

-याली पश्चात आयोजना गरिएको कोण सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि तथा क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेससभा १ का उम्मेदवार विश्वास बराल ‘अनुप’ले ७० बर्षदेखिको जनताको सपना साकार गर्ने जिम्मेवारी बाम गठबन्धनले लिइसकेको बताए । संविधानमा व्यवस्था भए अनुरुप महिलाहरुको अधिकार प्राप्तिको निम्ति बाम गठबन्धनलाई विजयी बनाउनु पर्ने उनले बताए । उनले भने, ‘दलित, जनजाती, महिला, पिछडिएका वर्ग, मधेसी, हिमाली, पहाडीलगायत सबै जातजाती र भाषाभाषीहरुको अधिकार प्राप्तीको लागि यो देशमा कोही लडेको छ त बामपन्थी नै लडेको छ, हिजो बामपन्थीको सरकार आए बृद्ध बृद्धाहरुलाई गोली हानिन्छ भन्ने हल्ला चलाइयो तर बामपन्थीहरुले आफ्नो सरकारको पालामा बृद्धबृद्धाहरुको लागि बृद्धभत्ताको व्यवस्था गरे, त्यसरी नै आज पनि बाम गठबन्धनले जिते देशमा जनताले रुन पनि पाउने छैनन् भनेर जुन हल्ला चलाइएको छ त्यो बाम गठबन्धनबाट डराएर फैलाइएको हावादारी कुरामात्र हो ।’

कार्यक्रममा सांसद आदित्य नारायण कसौधनले बाम गठबन्धन भनेको काम गर्नको लागि बनेको गठबन्धन भएको हुँदा कसैको हल्लाको पछाडी नलाग्न मतदाताहरुलाई आग्रह गरे । जनतालाइ विकासका आशा देखाएर चुनाव जितेका व्यक्तिले सांसद विकास कोषको ३ करोड रकम व्यक्तिगत काममा खर्च गरेर दुरुपयोग गरेको आरोप समेत लगाए । अब यो भन्दा बढी भ्रष्टाचार गर्न नदिने हो भने अबको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे ।