२२ कार्तिक २०८३, आइतबार

धरानलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय आकर्षणको केन्द्र बनाउँछौँ: बाम उम्मेदवार आचार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १० मंसिर । नेकपा एमालेका पार्टी सचिव एवं सुनसरी क्षेत्र नम्बर १(क)का प्रदेशसभा उम्मेदवार भीम आचार्यले धरानलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक, पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्ने बाम गठबन्धनको योजना रहेको बताएका छन् ।

आइतबार धरान ११ स्थित बाम गठबन्धनको संयुक्त वडा कार्यालय र घरदैलो अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नेता आचार्यले धरान अन्तर्राष्ट्रिय स्वास्थ्यको केन्द्रको रुपमा पनि विकास गर्ने अवधारणा अघि सारे । शिक्षा, स्वास्थ्य, पर्यटनसँगै खेलकुदको केन्द्रको रुपमा पनि धरानलाई विकास गरेर यिनै क्षेत्रको समुचित विकास मार्फत आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङबोले ३० बर्षसम्म काँग्रेसले नेपालमा सत्ता चलाएर गरिबी, अशिक्षा, भ्रष्टाचार, बेरोजगारी मात्र बढाएको भन्दै अब बामपन्थी गठबन्धनको बहुमतको सरकारले ५ बर्षभित्रमा नै विकास र समृद्धिको खाका कोर्ने बताए ।

कार्यक्रममा एमालेकी समानुपातिकतर्फकी उम्मेदवार सावित्री श्रेष्ठ र माओवादी केन्द्रकी उम्मेदवार उमिता बराइलीले पनि मन्तव्य व्यक्त गरेका थिए । दुवै उम्मेदवारले बामपन्थीहरु एकजुट हुँदा देशको विकास हुने र जनतालाई पनि राहत पुग्ने भन्दै समानुपातिकमा आफ्नो इच्छा तथा आस्थाअनुसार मतदान गर्न आग्रह गरे ।