२२ कार्तिक २०८३, आइतबार

अनुगमनका लागि प्रमुख निर्वाचन आयुक्त डोल्पामा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रुपलाल बोहोरा
दुनै (डोल्पा), ९ मंसिर । प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको मतदान गर्ने १ दिन मात्र बाँकी रहेको बेला निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त निर्वाचन अनुगमनका लागि शनिबार डोल्पा पुगेका छन् ।

निर्वाचनको तयारीको अन्य गतिविधिहरु अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरबाट प्रमुख निर्वाचन आयुक्त आयोधि प्रसाद यादव, आयोगका सहसचिव शुसिल कोइरालासहित डोल्पा पुगेका छन् । बिहान साढे १० बजे हेलिकप्टरबाट डोल्पाको सदरमुकाम दुनै पुगेका यादव नेपालकै पर्यटकिय क्षेत्र गहिरो ताल फोक्सुण्डो ताल (रिग्मो ताल) अवलोकनका लागि ताल तर्फ लागेका छन् ।

फोक्सुण्डो ताल अवलोकन गरी फर्के पछि दुनैमा अन्तरक्रियामा सहभागी भएका छन् । अन्तरक्रिया भए लगत्तै फर्कने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।