झलारी, ९ मंसिर । शुक्रबारको चुनावी प्रचारका क्रममा वेदकोट नगरपालिकाको सुडामा बास बसेका काँग्रेस नेता एनपी साउँद उठ्दा नउठ्दै बेदकोट ७ बाटा निम्तो आयो । कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वमन्त्री साउँद चिया पिउँदा नपिउँदै त्यतै हुइँकिए । उनी त्यहाँ पुग्दा हातभरी माला र अबिर लिएर एक बुजु्रक आमा साउँदलाई पखिएरहेकी थिइन् ।
एकाविहानै शताब्दी टेक्नै लागेकी ‘आमा’ को हातबाट आसिर्वाद लिएर साउँद ्शनिबार चुनावी प्रचारमा निस्केका छन् । उनलाई ९६ वर्षकी वशन्तीदेवी बोहराले टिका र फूल लगाउँदै आसिस दिइन् । ‘तपाइँ मन्त्री हुँदा हाम्रा दुःख पीडा सरकारले सुन्न थालेको छु’, बोहराले भनिन्, ‘अब हाम्रा छोरा नातीका लागि सुखका दिन ल्याउने भरोसा तपाइँमै छ, मेरो आसिस छ, बा १ तपाइँको जित पक्कका छ ।’
साउँदले झुकेरै बुजु्रक बोहरालाई अभिवादन गर्दै भने, ‘आजसम्म हामी लोकतन्त्रका लागि लड्यौं, स्वतन्त्रताको लागि लागि लागिरह्यौँ, अब काँग्रेको काँधमा आर्थिक समृद्धिको जिम्मेवारी आएको छ, आमाको आसामा ठेस लाग्न दिने छैन ।’ नेता साउँदले काँग्रेसले देशको स्वतन्त्रताका लागि लड्दा लड्दै पनि विकासको खाका कोरेकाले अबका दिनमा विकासको यात्रामा दौडने बताए ।’ उनले आफू मन्त्री हुँदा यस क्षेत्रमा थालेका विकासका योजनालाई अझ दु्रत गतिमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
शताब्दी पुग्दै लागेकी ‘आमा’ को हातबाट आशिर्वाद लिएर आजको चुनावी प्रचारमा निस्केका साउँदले क्षेत्र नम्बर २ को शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ११ मा घरदैलो तथा टोल भेलामा सम्बोधन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया