नेपालगन्ज, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले चुनावका बेला पार्टी परिवर्तन गर्नेलाई जनताले भोट दिन नहुने बताउनुभएको छ ।
निर्वाचन प्रचार प्रसारका क्रममा आज यहाँ आयोजित जनसभामा उहाँले भन्नुभयो, “उधारको सिन्दूरले चुनाव जितिँदैन, राजपा नेपालबाट छुट्टिएर एमालेको टिकटमा चुनाव लडने त्यस्तै चरित्रका हुन् ।” उहाँले आफ्नो दलको मूल राजनीतिक एजेण्डा संविधान संशोधन नै भएको र जनसरोकारका अन्य सवाल र आर्थिक विकास तथा मुलुकको समृद्धिलाई समेत पार्टीले प्राथमिकतामा राखेको छ भन्नुभयो ।
‘विगतमा कुन व्यक्तिले तपार्इंको गाउँ, शहरका लागि काम ग-यो, मत दिँदा त्यस कुरालाई मनन गर्न आग्रह गर्दै बाँके निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएको उपाध्यक्ष गुप्ताले अवसरवादी तथा दल परिवर्तन गरिरहने नेताको आवाश्सनलाई जनताले विश्वास गर्न नहुनेमा समेत जोड दिनुभयो । रासस












प्रतिक्रिया