२२ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कांग्रेस प्रवेश, एनपीले गरे स्वागत

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोविन्द नेपाली पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार कञ्चनपुर क्षेत्र नम्बर २ सिसैयास्थित कोल्डस्टोरमा आयोजित नेपाल शिक्षक संघको क्षेत्रीय भेलामा पार्टी परित्यागको घोषणा गर्दै
नेता नेपाली कांग्रेस प्रवेश गरे । उनलाई कांग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले स्वागत गरे ।

‘कम्युनिस्टहरुको देखाउने दाँत र चपाउने दाँत फरक रहेछन्,’ कार्यक्रममा नेपालीले भने, ‘कम्युनिस्टहरुमा दलितको नाम भजाएर सत्तामा टाँसिरहने बानी भएका कांग्रेस प्रवेश गरेको हुँ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय तथा उम्मेदवार साउदले सबै वर्ग, जातजातिलाई समेटेर कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्न पनि कांग्रेसको जीत आवश्यक भएको बताए ।