२२ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारबाट नेपाल फर्केका कामदारलाई तालिम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक (झापा), ८ मंसिर । विदेशमा श्रम गरेर नेपाल फर्केका कामदारहरुलाई आल्मुनियम फेर्बिकेटर र ईलेक्ट्रिसियन पुर्नताजगी तालिम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक ईन्स्टिच्युटको व्यवस्थापनमा यो कार्यक्रम भएको हो ।

झापाको दमक र मोरङको राधानगरमा गत कात्तिक ३० गतेदेखि संचालन भएको तालिममा ईलेक्ट्रीसियन १६, आल्मुनियम फेर्बिकेटर २४ जना गरी ४० जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा अनुसन्धान तालिम तथा विकास समितिका संयोजक रुद्र शर्मा, महासचिव रामशरण देउजा, राष्ट्रिय सीप परिक्षण समितिका उमेश कुमार उप्रेती, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्का निर्देशक महेश भट्टराई, आल्मुनियम फेब्रिकेटर्स एसोसियसन नेपालका अध्यक्ष तेज राईलगायतको सहभागिता रहेको थियो । सहभागीहरुले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।