२२ कार्तिक २०८३, आइतबार

महिलाहरुलाई मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिता अर्याल
रत्ननगर (चितवन), ८ मंसिर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार महिलाहरुलाई मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण दिईएको छ । नेपाल महिला संघ क्षेत्रीय समितिले आयोजना गरेको सो कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र संख्या र भोट हाल्ने तरिका सिकाईएको थियो ।

कार्यक्रममा वडा तहदेखि प्रदेश तह सम्मका सबै वडाका दुई दुई जनाको सहभागिता रहेको थियो । प्रशिक्षण लिएका महिलाहरुले वडा स्तरमा मत हाल्ने तरिका सिकाउने गरी कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस क्षेत्रीय सभापति कुमार कार्कीले जानकारी दिए । कार्यक्रममा जगदिश शर्मा र सीता शर्माले प्रशिक्षण दिएका थिए ।