२२ कार्तिक २०८३, आइतबार

सल्यानका बाम उम्मेदवारको प्रतिबद्धताः जिल्लाका सबै वडामा कालोपत्रे सडक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, ८ मंसिर । बाम गठबन्धन सल्यानले जिल्लाका सबै वडाहरुमा कालोपत्रे सडक पु-याउने प्रतिबद्धता सार्वजनिक गरेको छ । सदरमुकाम खलंगामा बाम गठबन्धन सल्यानले शुक्रबार पत्रकार सम्मेलन गरी साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।

विना विभागिय मन्त्री तथा प्रतिनिधी सभाका बाम उम्मेदवार टेक बहादुर बस्नेतद्धारा सार्वजनिक गरिएको साझा प्रतिबद्धतामा जिल्लाका १० स्थानीय तहका ८३ वटा वडाका केन्द्रसम्म पाँच वर्ष भित्रमा सडक कालोपत्रे गरिने उल्लेख गरिएको छ । यस्तै जिल्लाका सबै बस्तीहरुमा केन्द्रीय प्रसारण लाइन तथा स्थानीय हाइड्रो पावरबाट विद्युत पु-याइने प्रतिबद्धता बाम गठबन्धनको रहेको छ ।

साझा प्रतिबद्धता प्रस्तुत गर्दैै बस्नेतले सल्यानलाई पाँच वर्षमा समृद्ध बनाउनका लागि “सल्यान राम्रो सल्लेरी पाखैले, सल्यान बनाऔं सल्यानी आफैँले” अभियान सञ्चालन गरिने बताए । जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नती गरिने र जिल्लाका १० स्थानमा पुल निर्माण गरेर सबै तहमा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए । प्रतिबद्धता पत्रमा कुपुरकोट तरकारी स्मार्ट बजार, श्रीनगर आधुनिक औधोगीक स्मार्ट बजार, बागचौर नमुना स्मार्ट बजार, खलंगा पुरानो स्मार्ट बजार, सल्लीबजार ब्यापारीक केन्द्र स्मार्ट बजार, कालिमाटी रामपुर पशुपंक्षि स्मार्ट बजारको रुपमा पहिलो चरणमा विकास गरिने र अन्य साना बस्ती र बजारहरुको विस्तार र आगामी दश बर्षभित्र सुन्दर सल्यानको निर्माण गरिने उल्लेख गरिएको छ ।

सल्यान प्रदेशसभा २ का बाम उम्मेदवार एवम् एमाले पालिट व्यूरो सदस्य प्रकाश ज्वाला, क्षेत्र नम्बर १ का उम्मेदवार गुलाब जंग शाह, प्रतिनिधि सभाका उम्मेदवार माओबादी केन्द्रका नेता तथा विना विभागीय मन्त्रि टेक बहादुर बस्नेतले तीनै जनाको साझा प्रतिबद्धता सार्वजनिक गर्दै जिल्लाका ३ नगरपालिकामा ५० र गाउँपालिकामा २५ शैयाको सुविधासम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने बताए । साथै ८३ वडामा स्वास्थ्य चौकी स्थापना र १५ बर्ष मुनिका बालबालिका र ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईने बताइएको छ ।

जिल्लाका विभिन्न स्थानहरुमा रिङ रोड निर्माण गर्ने, फलफुल तथा तरकारीका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने तथा आगामी १० वर्षमा जिल्लामा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ । यस्तै साझा प्रतिबद्धतामा जिल्लास्तरीय रंगशाला तथा सबै स्थानीय तहमा खेलकुद मैदान निर्माणका साथै ५ बर्षभित्र स्मार्ट बजारहरमा फ्री वाईफाई जोन स्थापना गरिने उल्लेख गरिएको छ ।