१ कार्तिक २०८३, आइतबार

अमेरिकामा थ्याङ्कस गिभिङ् डे मनाइयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा नब्बेको दशकदेखि बिज गणतीय रुपमा नेपालीहरुको जन घनत्व वृद्धिसंगै नेपाली चाड पर्व झैँ अमेरिकन चाड पर्व त्यतिकै मनाउने थालिएको छ ।

अमेरिकामा अन्य चाड पर्व मनाई सकेका नेपाली मूलका नेपालीहरुले अमेरिकन महत्वपूर्ण चाड थ्याङ्कस गिभिङ् डे हर्सो उल्लास साथ मनाएका छन् ।

स्वादिष्ट परिकारका खानासंगै मुख्य रुपमा अमेरिकामा पाइने एक प्रकारको पंक्षी टर्की खाने गरिन्छ ।

यो चाड अमेरिका र क्यानडामा लगायत अन्य देशहरुमा पनि मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ ।

त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् भने धेरैजसो कामदारले बिदा पाउँछन् ।

यो दिवस फसल फलेको खुसीयालीमा मनाइने गरिन्छ । भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो ।