१ कार्तिक २०८३, आइतबार

कृष्ण धरावासीको ग्रेट फल्स अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ ।

धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा बिज्ञप्ति जारि गर्दै सार्वजनिक गरेको छ ।

उपन्यासकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास यस वर्ष २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तकका रुपमा घोषित भएको छ ।

अनेसास डा श्याम कार्की र इन्दिरा कार्की सर्वोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कार उपन्यासकार मीनराज वसन्तको मुदिर उपन्यासले प्राप्त गर्ने भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर ५०० रहेको छ ।

अनेसास रोहिणी शर्मारसीता शर्मा सर्वोत्कृष्ट डायस्पोरिक नारी पुरस्कार भारती गौतमको अमेरिकामा आमा शीर्षकको उपन्यासलाई प्रदान गरिने भएको छ ।

अनेसास सर्वोत्कृष्ट नारी साहित्य पुरस्कारका लागि यस वर्ष पद्मावती सिंहको निःशब्द यात्रा उपन्यास सिफारिश भएको छ । बोर्ड अफ ट्रस्टी सुमन तिम्सिनाले स्थापना गर्नुभएको यस पुरस्कारको राशी अमेरिकी डलर ४०० रहेको छ ।