काठमाडौँ, ७ मंसिर । मंसिर १० गते हुन लागेको ३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्य र ७४ प्रदेश सभा सदस्य निर्वाचनको चुनावी प्रचार अभियान अन्तिम चरणमा पुगेको नेकपा (एमाले)ले जनाएको छ । बिहीबार सबै निर्वाचन क्षेत्रमा बाम पक्षीय लोकतान्त्रिक गठबन्धनका उमेदवारको जनताको उल्लेख्य उपस्थितिमा चुनावी सभा, घरदैलो अभियान र मतदाता भेटघाट कार्य सम्पन्न भएको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पहिलो चरणको चुनाव हुने सबै क्षेत्रमा एमालले चुनावी अभियान अन्तिम चरणमा पु-याएको एमालेका प्रवक्ता विष्णु रिमालले जानकारी दिए । चुनावी अभियानको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दुई जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लुमा आयोजित चुनाव सभालाई उनले सम्बोधन गरेका हुन् ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सम्भावित धाँधलीका कुराहरुप्रति सरकारको ध्यानाकर्षण गराउन बिहीबार नै केन्द्रीय निर्वाचन परिचालनको तर्फबाट दुई छुट्टाछुट्टै टोलीले भेटघाट गरेका छन् । निर्वाचन परिचालन कमिटीका सदस्य मुकुन्द न्यौपाने, विष्णु रिमाल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की र रमेश बडालसहितको टोलीले मुख्य सचिव, गृहसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग हुनसक्ने सुरक्षा चुनौतीका बारेमा छलफल गरेको छ ।












प्रतिक्रिया