२२ कार्तिक २०८३, आइतबार

निर्वाचन निष्पक्ष र भयरहित बनाउन पर्यवेक्षकहरुको भुमिका महत्वपुर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रभावकारी रुपमा पर्यवेक्षण गरिने भएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)को आयोजनामा बिहीबार भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरुको संयक्त बैठकले निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्षका रुपमा लिदै देशब्यापी रुपमा प्रभावकारी ढंगले पर्यवेक्षण गर्नेमा जोड दिएका छन् ।

बैठकमा निर्वाचन आयुक्त इला शर्माले निर्वाचन प्रक्रिया र राष्ट्रिय पर्यवेक्षणको गुणस्तर विकास गर्न सकेमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आवश्यक नपर्ने बताएकी छिन् । पर्यवेक्षणले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन महत्वपुर्ण भुमिका हुने उनको भनाई थियो ।

पुर्व प्रमख निर्वाचन आयुक्त एवम् राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष सुर्यप्रसाद श्रेष्ठले निर्वाचन सम्पन्न गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताएका छन । जियोकका महासचिव कृष्णमान प्रधानले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउन र सो अनुसार भए/नभएको अवलोकन गर्ने गरी देशभरि पर्यवेक्षकहरु परिचालित हुने बताएका छन । प्रधानले निर्वाचन आयोगलाई सहयोग गर्ने उद्देश्यले नै जियोकलगायतका संस्थाहरुले ०४८ साल दखि पर्यवेक्षण गर्दे आएको उल्लेख पनि गरे ।

नियोकका महासचिब डा. गोपालकृष्ण शिवाकोटीले नेपालमा संविधान सभाले संविधान बनाएपछि सघीय संसद र प्रदेशको चुनाव हुन गैरहेको र यो आफैमा महत्वपुर्ण भएकोले पर्यवेक्षकहरुको भुमिका पनि निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन महत्वपुर्ण भुमिका हुने बताएका छन । बैठकमा कार्टर सेण्टर, यूरोपियन युनियन, एनफ्रेललगायतका अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि र राष्ट्रिय सस्थाका प्रतिनिधिहरुले निर्वाचन पर्यबेक्षणका सन्दर्भमा धारणा राखेका थिए ।