सिड्नी, अष्ट्रेलिया । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमाएक विशेष साहित्यिक समारोहको आयोजना ग-यो । समारोहमा च्याप्टरकीअध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।
समारोहमा च्याप्टरका संस्थापकअध्यक्षभीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधानलगायतले नेपाली साहित्य र सिड्नीको सिजज्र्ञनात्मकवातावरण बारे बोल्नु भएको थियो ।
मन्तव्यको क्रममा अष्टेलियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
उ
क्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलालश्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता,गीत र गजल प्रस्तुत गर्नु भएको थियो ।
सम्मानितव्यक्तित्वनिबन्धकार युवराज नयाँघरेले नेपालीभाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझगतिशील र सक्रिय रहन अनुरोध गर्नुभयो ।
नयाँघरेले भन्नु भयो- अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमाआउँदो पुस्ताकालागित्यो सुन्दर दस्तावेज हुनेछ ।
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमअत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्नभएको थियो ।
















प्रतिक्रिया