काठमाडौँ, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति प्रवासी नेपाली मञ्च, कतारले दुःख व्यक्त गरेको छ । मञ्चले दाहालको असामयिक निधन भएको खवरले स्तव्ध बनाएको विज्ञप्तिमार्फत जनाएको छ ।
निर्वाचनका लागि बाम गठवन्धन तथा पार्टी एकताको लागि सहकार्य भएको अत्यन्तै उत्साहजनक वातावरणमा दाहालको मृत्युले मर्माहित बनाएको मञ्चले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी बाम गठवन्धन तथा पार्टी एकताको लागि सहकार्य भएर अत्यन्तै उत्साहजनक वातावरणमा तिव्र चुनावी प्रचारप्रसार कार्य भई रहेको बेलामा यस्तो अकल्पनिय दुःखद घटना घटेको छ । यस दुःखद घडीमा प्रवासी नेपाली मञ्च कतारको तर्फवाट प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।’















प्रतिक्रिया