– विजय थापा
अमेरिका । नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका नेपाली मूलका एक मात्र भारत्तोलक रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन प्रतिस्पर्धामा भाग लिन एटलान्टा पुगेका छन् ।
अमेरिकाको एटलान्टा विमानस्थल अवतरण गरेपछि त्यहाँ रहेका नेपालीहरुसँग कुरा गर्दै नेपाललाई विश्वमा चिनाउने प्रयासमा रहेको कार्कीले बताए । उनले २ सय ५२ राष्ट्रको खेलाडीसँग प्रतिष्पर्धा गर्ने बताए । ३ वटा वजन समूहमा भाग लिने पनि उनले बताए । उनले प्रतियोगितामा भाग लिनको लागि चाहिने शुल्क सबैसँगबाट सहयोगको रुपमा संकलन गरेको बताए ।
आफुले १४ सय पाउण्डसम्म उचालेको अनुभव सुनाउँदै कार्कीले त्यतिनै तौल प्रतियोगितामा पनि उचाल्न सके राम्रो नतिजा आउने बताए । अहिलेसम्म उनको उमेर र वजन समूहको प्रतियोगितामा १३ सय ८० पाउण्डसम्म मात्रै उठाएको रेकर्ड रहेको उनले जानकारी दिए ।
अमेरिकाको अहिलेसम्मको ईतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र खेलाडी रहेका छन् । शनिबार र आइतबार अमेरिकी समयमा जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगीतामा हुँदैछ ।
एटलान्टा विमानस्थलमा कार्कीलाई स्वागत गर्न नासाका पूर्वअध्यक्ष तथा एटलान्टाका अवैतनिक पर्यटन दूत राजा घले तथा अमेरिका विश्व हिन्दु महासंघका अध्यक्ष किरण श्रेष्ठ पुगेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण ई–नेप्लिजले गर्नेछ ।















प्रतिक्रिया