काठमाडौं, २ मंसिर । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको मुखमा दूरगामी महत्वका विषयमा निर्णय नगर्न सरकारलाई सचेत गराएका छन् ।
सरकारले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको भन्दै उनले प्रतिपक्षी दलसँग संवाद नै नगरी राष्ट्रलाई नै असर पुग्ने गरी निर्णय गरेको आरोप लगाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको भेटमा ओलीले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी गेजुवालाई दिने पूर्ववर्ती सरकारको निर्णय खारेज गरेकोमा पनि असन्तुष्टि जनाए ।
निर्वाचनपछि केन्द्रको शक्ति बाँडफाँड र संक्रमण अन्त्य हुने तयारीमा रहे पनि सरकार त्यसबारे गम्भीर भएको नदेखिएको र प्रतिपक्षसँग संवाद नगरी स्वेच्छाचारी बन्दै गएको आरोप उनले लगाए ।












प्रतिक्रिया