अमेरिका । नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागि सम्पूर्ण नासा क्षेत्रका सदस्यहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।
नासा–अन्मा १३औं सम्मेलनमा भएको अकल्पनीय र दुर्भाग्यपूर्ण घटनाले नासाको गरिमा र प्रतिष्ठामा आँच पुगेकाले कार्यसमितिको पूर्ण बैठकले बिधान अनुसार बहुमत सदस्यहरूद्वारा मतदानको आधारमा दोषीमाथि संस्थागत कारवाही गरिएको ढकालले बताएका छन् ।
नासाका निवर्तमान अध्यक्ष विमल नेपाल र पूर्वअध्यक्ष प्रकाश मल्ललाई सम्बोधन गर्दै ढकालले नासाको करिब चार ओटा बैठक यसै विषयमा केन्द्रित रहेर गर्नुपरेको, आरोपित सुशील नेपाललाई पटक–पटक स्पष्टीकरणका लागि समय दिएर अन्त्यमा सबैको सुनुवाईपछि संस्थागत निर्णय लिन बाध्य भएको बताएका छन् । उनले यस विषयमा धेर टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् ।
नासाका केही पूर्वअध्यक्षहरूले पुनःस्थापना गर्न दिएको सुझाब र दबाबलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नासाको कार्यसमितिको बैठकले गरिसकेको निर्णय आफूले स्वीकृत गरी निर्णय पुस्तिकामा समेत लेखन भैसकेको बताएका छन् ।
उनले समय धेरै अगाडि बढिसकेको वर्तमान सन्दर्भमा अशल र राम्रा कामका लागि हातेमालो गर्न अनुरोध गरेका छन् ।
नासाको नयाँ कार्यकारी समितिको हस्तान्तरण तथा बिशेष बैठक हालै मात्र एटलान्टास्थित एक स्थानीय नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको थियो । सो बैठकमा बिबिध विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया