– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ३० कात्तिक ।नेपाली काग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार गृह जिल्लामा चुनावी आम सभालाई सम्बोधन गर्दै वाम गठबन्धन प्रजातन्त्र विरोधी भएको बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेले २००७ सालमा राणा शासनलाई हटाएर प्रजातन्त्र ल्याएको पार्टी हो र अप्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्ने पार्टी नेपाली काग्रेस र प्रजातन्त्रका विरुद्धमा वाम गठनबन्ध भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले भने– कम्युनिष्टको शासन भनेको डर त्रासको शासन हो, एक दलीय कम्युष्टि शासन हो । कम्युनिष्ट शासन कुनै देशमा नभएको तर नेपालमा नेकपा एमाले र माओवादीले नेपालमा एक दलिय कम्युष्टि शासन स्थापित गर्नका लागी वाम गठबन्धन भएको निर्माण गरेको छ ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगाडि भने– मैले जिते फेरि प्रधानमन्त्री हुन्छु तर अरु जिते सांसद हुन्छन् त्यसकारण प्रधानमन्त्री हुने व्यक्तिलाई तपाईहरुले सेवा गर्ने मौका दिनुहुनेछ ।
देउवाले डडेल्धुरामा मेडिकलेज स्थापना देखी पश्चिमसेती तथा पञ्चेश्वर जलविद्युत योजनाका साथै डडेल्धुरा जिल्लाका ग्रामीण सडकलाई कालोपत्रे बनाउने समेत बताए ।












प्रतिक्रिया