१२ मंसिर २०८३, शनिबार

भोट माग्न जाँदा लडेर घाइते राजेन्द्र पाण्डेलाई भेट्न मनमोहन पुगे नेता नेपाल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ३० कात्तिक । चुनावी अभियानका क्रममा लडेर घाइते भएका एमाले पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेको स्वास्थ्य अवस्था बुझ्न एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बिहिबार अस्पतालमा पुगेका छन् ।

काठमाडौँस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

मंसिर १० गते हुने निर्वाचनमा धादिङको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता पाण्डे बुधबार धुनिबेशी नगरपालिका- ७ तोप्लाङमा घरदैलो अभियान सकि मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर घाइते भएका थिए ।