बागलुङ, ३० कात्तिक । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बागलुङको गल्कोट नगरपालिकाको हटिया आउने भएका छन् ।
गल्कोटमा ओली र प्रचण्डले वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्ने छन् ।
ओली र प्रचण्ड आउने भएपछि एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू उत्साहित बनेका छन् ।
संयुक्त वाम निर्वाचन परिचालन समन्वय समितिले कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सहित एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका जिल्लामा रहेका सवै नेता तथा वाम उम्मेदवारहरु कार्यक्रम स्थलमा आइसकेको निर्वाचन परिचालन समितिका ग्यामनाथ गैरेले जानकारी दिए ।
शीर्ष नेताहरुले बिहीबार दिउँसो एक बजे सम्बोधन गर्ने तयारी रहेको एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा वागलुङका इन्चार्ज मना केसीले जानकारी दिए ।
बिहान दश बजेदेखि प्रदर्शन हुनेछ । गल्कोट वहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम हुने संयुक्त वाम निर्वाचन परिचालन समन्वय समितिले जनाएको छ ।











प्रतिक्रिया