१ कार्तिक २०८३, आइतबार

कुवेतमा शिल्पी संघ गठन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेत । कुवेतमा कार्यरत शिल्पी समुदायको भेलाले शिल्पी संघ नेपाल–कुवेत गठन गरेको छ ।

कुवेतको फर्वानिया पार्कमा सम्पन्न भेलाले शुक्रबार रनबहादुर रसाइलीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

शिल्पी समुदायभित्र बिश्वकर्मा, मिजार, परियार, गन्धर्व, वादी, राम (चमार), पासी, पासवान, धोबी, तत्मा, खत्वे, मरिक (डोम), मुसहर, कोरी, चिडिमार, पत्थरकट्टा, वातर, मेहत्तर, सरभङ, खतिक, कलहर, ककैया लगायतका जाती रहेको छ ।

राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभाद्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने तथा दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब सिर्जना गर्ने उदेश्य रहेको शिल्पी संघ नेपाल–कुवेतको संयोजक रसाइलीले बताए ।

बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण बिदेशिए पनि हजारौं वर्षदेखि आसन, रासन र शासनाधिकारवाट बञ्चित शिल्पी समुदाय र अन्य उत्पीडित समुदायको संघर्षसंगै सम्पूर्ण बल ताकत सहित संघर्षमा उत्रने रसाइलीले बताएका छन । उनले केही समय पश्चातनै अधिबेशन गरिने समेत बताएका छन् ।

शिल्पी संघ नेपाल–कुवेतको तदर्थ कार्यसमितिमा संयोजक रनबहादुर रसाइली, सहसंयोजक सपना परियार, सहसंयोजक चन्देश्वर राम मोची, महासचिव चन्द्रबहादुर विश्वकर्मा, सचिव राजेन्द्र बयलकोटी, सहसचिव दीपेश नेपाली, कोषाध्यक्ष्य मोती खड्काथोकी, सहकोषाध्यक्ष्य जस घटाने रहेका छन् ।

सदस्यहरूमा गीता विश्वकर्मा, सुमित्रा बिश्वकर्मा, लालु परियार, सिंहबहादुर बिश्वकर्मा, लालबहादुर बिश्वकर्मा, बल्लु परियार, रेनु परियार, प्रमिला बिश्वकर्मा, छविलाल परियार, दिलबहादुर खाती, प्रेम बहादुर घर्तीर्मिरे, टेकबहादुर बिश्वकर्मा र भीमबहादुर बिश्वकर्मा रहेका छन् ।