२२ कार्तिक २०८३, आइतबार

विषादी सेवन गरेका एक बालकको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, कात्तिक २७ । सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ ।

त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचारकेन्द्रमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए ।

उनको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा ल्याएता पनि समयमै चिकित्सक नआएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँँबाट उदयलाई भने थप उपचारका लागि विराटनगर पठाइएकोे छ । रासस