कपिलवस्तु २६ कात्तिक । बाम गठवन्धनका तर्फ बाट सुर्य चुनाव चिन्ह लिएर चुनाव लडेका कपिलवस्तु क्षेत्र नं. २ का उम्मेदवार बृजेश कुमार गुप्ताले कपिलवस्तुको सिंचाईको लागी नौमुरेबाट पानि ल्याउन पहल गर्ने वताउनु भएको छ ।
कपिलवस्तुका राप्तीको नौमुरेबाट पानी आउछ कोही किसानले आकास हेर्दै कुर्न पर्दैन यो बाम गठवन्धनको धोषणा हो ।बाम गठवन्धनको केन्द्रीय घोषणा पत्रमा नौमुरेलाई प्राथमिकता दिएकोले ५ वर्ष भित्र राप्ती नदीको पानी कपिलवस्तु ल्याउने वताउनु भयो । नौमुरेमा बाध निमार्ण गरी जल विद्युत र सिचाईको डिपिआर एमाले सरकारले तयार गरे पनी योजना लागु भएको थिएन । कपिलवस्तु कृषीको उवर्रा भुमी हो यहा सिंचाईको सुविधा नभएकोले कृषकहरु वर्षाको भरमा खेती गरेको वताउनु भयो ।
बुद्धभुमीको राजपुरको प्रेमनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्वोदन गर्दै एमाले क्षेत्र नं. २को (१)का उम्मेदवार दिर्घ नारायण पाण्डेले कपिलवस्तुको उत्तरी भेगमा सिचाईको लागी निमार्ण सम्पन्न भएको गुडरुगं खोलामाको बाध बाट जितेको ६ महिना भित्र पानी ल्याउन पहल गर्ने बताउनु भयो । पुर्व सिचाई राज्य मन्त्रि तथा कांग्रेसका प्रतिनधि सभाका उम्मेदवार सुरेन्द्र राज आचार्य प्रति ईंगिंत गराउदै पुर्व मन्त्री हुदा पनी काम गर्न सक्नु भएन । विषेस गरी वुद्धभुमीका कृषकहरुलाई यसले धेरै फाईदा पुराउने थियो । मन्त्रिहुदा काम नगर्नेले सांसद मात्र हुदा कसरी काम गर्न सक्लान पाण्डेले दावि गर्नु भयो ।
कार्यक्रममा कांग्रेसका पुराना लोकप्रिय नेता जमिम मुसलमानको नेतृव्वमा १०० जना एमाले प्रवेश गर्नु भएको थियो । कार्यक्रममा वावुराम खनाल, रुद्रलाल वन्जाडे, पिताम्वर खनाल, लाल ब सुनार, गोपाल प्र थारु, देवि वेल्वासे लगायतले वोल्नु भएको थियो । कार्यक्रमको संचालन मोतीलाल यादव र अध्यक्षता शालिकराम सुवेदीले गर्नु भएको थियो ।












प्रतिक्रिया