बर्दिया, २६ कात्तिक । पशुपक्षी बिकास मन्त्री तथा बर्दिया क्षेत्र नम्बर १ का वाम गठबन्धन(माओबादी केन्द्र)का उम्मेदवार सन्तकुमार थारुले बाम गठबन्धनको जित भए राजापुर क्षेत्र (भौरा टापु)को मुहाँर फेर्ने बताउनु भएको छ । बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर ६ मनाउमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भौरा टापुको मुहार फेर्ने बताउनु भएको हो ।
सन्तकुमार थारुले राजापुर क्षेत्रमा आफुनो जित भए अहिले ग्राभेल भएका सडक बाटोहरु ५ बर्ष भित्रमा पिच गर्ने बचन बद्धता गर्नु भएको छ । राजापुरका जनताहरुको स्वास्थ्य, शिक्षा, सडक सञ्जालको पहुचमा पुर्याई सम्बृद्ध टापु बनाउने बताउनु भएको छ ।
सभालाई सम्बोधन गर्दै बर्दिया क्षेत्र नम्बर २ (ख)का उम्मेद्धार दिपेश थारु (राजेश)ले राजापुरका जनताले बिकासका लागि बाम गठबन्धनलाई बिजय गराउन आग्रह गर्नु भएको छ । मुक्तकमैया, सुकुम्बासी तथा कमैया महिलाहरुको बिसका तथा सशक्तीकरणका बाम गठबन्धनले नै समाधान गर्न सक्ने बताउनु भएको छ ।
यसैगरी स्वतन्त्र उम्मेद्धार कृष्णी थारुले आफुनो सधैभरि कमैया महिलाहरुको क्षेत्रमा काम गरिहेकोले उहाँहरुको दुख, पीडा बुझकोले आफुलाई जिताए पछि ती दुखपीडाको समाधान गर्ने खालका कार्यक्रमहरु ल्याउने र दुखपीडाहरु बिर्सने गरि काम गर्ने बताउनु भएको भएको छ ।












प्रतिक्रिया