२२ कार्तिक २०८३, आइतबार

इमान्दार सरकार, मेहनती जनता भए राष्ट्र सम्वृद्ध : पाण्डे

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मेहनती जनता र इमान्दार सरकार भए देश विकास तिब्र गतिमा हुने बताएका छन् ।

चितवनको क्षेत्र नं. १ को खैरहनीमा चुनावी प्रचार कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै इमान्दार सरकार नभएको कारण विकासले तिब्रता नलिएको बताए ।

उनले अब वन्ने सरकार वाम संगठनको सरकारले इमान्दारिताका साथ विकास निर्माणको काम गर्ने भन्दै ढुक्क भएर मतदान गर्न अनुरोध गरे । ‘म भन्छु हामी सरकारमा गयौ भने जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नेछौ’, उनले भने ।

उनले राजनीति भनेको इमान्दारिताका साथ गरेर जनता र देशको सेवकको रुपमा काम गर्ने बताए ।

‘अहिले निर्माण भएको वाम एकताले निर्वाचनपछि पनि सरकारमा एक भएर जान्छ र आर्थिक सम्वृद्धिको पक्षमा ध्यान दिएर काम गर्नेछ । कम्युनिष्टको सरकार भएको समयमा जनता र देशको पक्षमा कसरी काम गर्नेछ भन्ने उदाहरण मनमोहन अधिकारीको सरकारलाई हेर्दा हुन्छ’, उनले भने ।