२२ कार्तिक २०८३, आइतबार

डोटीका अस्थायी करार शिक्षक पनि आन्दोलित हुने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २६ कात्तिक । शिक्षा ऐन नवौं संशोधनले आफुहरुमाथि विभेद गरेको भन्दै देशरभरका अस्थायी करार शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि डोटीका अस्थायी करार शिक्षकहरु पनि आन्दोलित हुने भएका छन् ।

संघर्षका लागि शिक्षक बिष्णुराज भट्टको संयोजकत्वमा संघर्ष समिति पनि बनिसकेको छ ।

नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ उपधारा १ र धारा ३३ को उपधारा १ बमोजिम भेदभाव रहित राजगारीका लागि समान अधिकार सहित विज्ञापन गरिनुपर्ने आफुहरुको माग रहेको संघर्ष समिति संयोजक भट्टले बताए ।

उनले भने–‘मिति २०७२ असोज ३ गतेदेखि २०७४ कार्तिक ६ गतेसम्मका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गर्ने गरी विज्ञापन गरिनु पर्छ । देशैभरी हामी संघर्षमा उत्रेका छौं । डोटीमा पनि ५० जनाभन्दा बढी करार शिक्षक छौं ।’ भने–‘देशभरीका करार शिक्षक र विस्थापित गरी १२ हजार बढी शिक्षक छौं । कार्यरतले सोहि तहमा र विस्थापितले पनि सम्बन्धीत तहमा आन्तरिक परीक्षामा सहभागी हुन पाउनुपर्छ ।’

आफ्ना मागहरु र न्यायका लागि आन्दोलनलाई उत्कर्षमा पुर्याएरै छोड्ने संयोजक भट्टले अठोट गरे ।

शिक्षा ऐन नवौं संशोेधनले गरेको विभेदका विषयमा अस्थायी करार शिक्षकहरुले यहि कार्तिक २३ गते सर्वाेच्चमा रिट दायर गरेकाले सकभर न्यायालयबाट न्यायका लागि गुहार गर्ने, शिक्षा मन्त्रालयमा धर्ना दिने र यति गर्दा पनि माग संवोधन नभए अन्तिममा शिक्षा मन्त्रालयमा आमरण अनशन बस्ने लगाएतका संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक भएका छन् ।

अस्थायी करार शिक्षकहरुले सर्वाेच्चमा दायर गरेको रिटमाथि कार्तिक २४ गते सुनुवाई हुने भनिए पनि आगामी मंसिर १ गतेका लागि पेशी सरेको र आफुहरुले न्याय पाउनेमा आशावादी रहेको अस्थायी करार शिक्षकहरुले बताएका छन् ।