१ कार्तिक २०८३, आइतबार

साउदी अरबमा धुर्मुस–सुन्तली साँकृतिक साँझ हुने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


साउदी अरब । धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माण का लागि सहयोगार्थ भन्ने ब्यानरका साथ गसर अल अरबको हल जाबेर रोडमा धुर्मुस–सुन्तली साँस्कृतिक साँझ हुने भएको छ ।

आउदो १७ नोभेम्बर शुक्रबार एक बजेबाट कार्यक्रम हुनेछ । सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

पारिवारिक समाज नेपाल साउदी अरब र सिटी एक्प्रेसको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा सीताराम कट्टेल र कुञ्जना घिमिरेको बिशेष प्रस्तुति रहनेछ । कलाकारहरू रबिन सुब्बा, दीपक बिक, राम तिवारी लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, तीत, गजल र हास्यब्यंग कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ ।