वेलायत । बेलायतको आशफोर्डमा सांङ्गेतिक यात्रामा आएका मनु नेम्बाङ् र तारा थेबेलाई संयोजक समितिले ‘सांगेतिक यात्रा २०१७’को अन्तिम कार्यक्रम गरी सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख डम्मर सिङ्गकको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कि या चु यूके केन्द्रीय कमिटीका अध्यक्ष दिलसिङ् मेन्याङबो, विषेश अतिथिहरूमा झुमा वनेम लिम्बु, भास्कर तितुङ् रहेका थिए ।
अन्य अतिथिहरूमा अतिथि गायक सुजन तिगेला, सिरी साम्यो, भरतमणि चोङ्बाङ्, दुर्गा पाङ्मा, लोकेन्द्र तवेबुङ्, बिस्वाश दीप तिगेला, टङ्क याङ्देन, कर्ण प्रामदेन, मुक्ति सेरेङ्, मोहनसिङ् मास्वा, जानु लिङ्देन, बिसी राई, स्वप्निल लिम्बू लगायत केन्टवासी विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।
कि या चु यूके केन्द्रिय कमिटिको विषेश आब्हानमा संयोजक प्रमुख डम्मर सिङ्गक रहेको उक्त सांगेतिक यात्रामा अन्य सम्योजक कमिटीहरूमा क्रमशः सकुन नेम्बाङ्, सुबर्ण नेम्बाङ्, तेज मेन्याङ्बो, आशराज बोखिम, नगेन्द्र नेम्बाङ् र पूर्ण सावदेन रहेका थिए ।















प्रतिक्रिया