२२ कार्तिक २०८३, आइतबार

निश्पक्ष भएर मतदाता शिक्षा सिकाउन प्रशासनको निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २५ कात्तिक । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आम मतदाताहरुलाई निश्पक्ष भएर मतदाता शिक्षा कार्यक्रम संचालन गर्न मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयमसेवकहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले निर्देशन दिनु भएको छ ।

मंसिर २१ गते हुने प्रदेश सभा सदस्य तथा प्रदेश सभाको सम्पन्न हुने निर्वाचनमा मतदान गर्ने प्रक्रिया र बदरमतलाई न्युनिकरण गर्नका लागी जिल्ला निर्वाचन कार्यालय डडेल्धुराद्धारा शनिवार मतदाता शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रमसंचालन गरिएको थियो ।

जिल्ला भरिका ११७ जना मतदाता शिक्षा स्वयमसेवकहरुलाई मतदाता शिक्षा सम्बन्धी नमुना अभ्यास समेत गराएर प्रशिक्षण गराईएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका शाखा अधिकृत दिलिप तामाङले जानकारी दिएका छन् ।

२०७० सालको निर्वाचनमा कुल खसेको मतको ३.९६ प्रतिशत मत बदर रहेको थियो भने भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ८.०१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन अधिकृत कृष्ण सिह नायकले बताएका छन् ।

उनले भने- ‘२०७० सालको निर्वाचनको मत पत्र भन्दा स्थानीय तहको निर्वाचनमा निर्माण गरिएको मत्र पत्र फरक र लामो भएकाले बदर मतको संख्या बढेको हो तर प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा भने मत बदर न्युन संख्यामा हुने छ ।’