१ कार्तिक २०८३, आइतबार

न्युयोर्कमा मानव अधिकारकर्मी नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार’ बाट सम्मानित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा 

न्युयोर्क विश्वकै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी निकै क्रियाशील नेपाली समुदाय कि मानव अधिकारकर्मी तथा महिला सामाजिक कार्यकर्ता नर्बदा क्षेत्रीलाई  ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित गरिएको छ। उनीसहित २५ जना आप्रवासीहरुलाई असाधारण, उदाहरणीय तथा फरक समुदायमा काम गरे वापत सम्मान गरिएको हो ।

उनलाई न्यू योर्कस्थित झन्डै एक सय बर्ष अगाडी स्थापना भएको (सन् १९१९) टाइम्स लेजर पत्रिकाले उक्त पुरस्कार द्वारा सम्मान गरेको हो । अधिकारकर्मी क्षेत्रीलाई यस अघि सन् २०१२ मा न्यू योर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले ‘इमिग्रेन्ट हेरिटेज अवार्ड’ द्वारा सम्मान गरेका थिए भने युएस नेपाल अनलाईनले उनले गरेको समाज सेवाको उच्च कदर गर्दै सन् २०११ मा ‘गेस्ट अफ अनर’ द्वारा सम्मान गरेको थियो ।

न्यू योर्क शहरको कुइन्सस्थित बिशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ती कृयाशिल संस्था ‘अधिकार’ कि कार्यक्रम तथा संगठन निर्देशक अधिकारकर्मी क्षेत्रीसंग नेपालमा झन्डै १५ बर्ष मानब अधिकारको क्षेत्रमा काम गरेको अनुभब छ ।

अधिकारकर्मी नर्बदा क्षेत्रीकै सकृय नेत्रित्वमा अधिकारले न्यूयोर्कका अन्य आप्रबासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यूयोर्क राज्य संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गराउन सफल भईसकेको छ । न्यूयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ ।

उता अन्तर राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०११ मा घरेलु कामदारहरुको हक अधिकारको ग्यारन्टी (प्रत्याभूति ) गर्दै अन्तर राष्ट्रिय  कानून पारित गरिसकेको छ । उक्त कानून पास गराउन दबाब दिन अधिकारकर्मी क्षेत्री पनि अमेरिकी प्रतिनिधिहरुसंग जेनेभा पुगेकी थिईन् । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र बिश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।

अधिकार संस्थाको संगठन निर्देशकको रुपमा अन्य आप्रवासीहकका लागि संघर्षरत संघसंस्थाहरुसंग मिलेर न्यू योर्क राज्यबाट सन् २०१५ मा नेल्स सलुन टेक्निसियन (नङ तथा प्रसाधनालय प्राबिधिक) कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पारित गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीले अर्को सफलता र खुशीको कुरा ठान्दछिन् ।

जसको फलस्वरुप न्यू योर्क राज्यमा अहिले शृंगार तथा नङ पसल मा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत बिभिन्न भाषामा प्रमाणी कारण को लागि परीक्षा  दिन सकिने व्यवस्था बनेको छ । क्षेत्री जेसिज अभियान अन्तर्गत रही हेटौडा महिला जेसिज कि समेत पूर्व अध्यक्ष लगायत सामाजिक संस्थामा आबद्ध रहेकी थिइन् ।